काठमाडौँ - बैतडीको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत इञ्जिनियर सुरेश राज भट्ट दुई लाख घुस रकमसहित पक्राउ परेका छन् । उनले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण काममा ढिलासुस्ती गरी दुई लाख घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिए ।
भट्टलाई उनकै कार्यालयस्थित निवासबाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ