Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

कोरोना प्रभावः ठूलो संख्यामा नेपाली कार्यरत युएईको अवस्था सामान्य

कोरोना प्रभावः ठूलो संख्यामा नेपाली कार्यरत युएईको अवस्था सामान्य

  • 1.9K
    SHARES

  • एजेन्सी । वैदेशिक रोजगारीका लागि युएई नेपाली कामदार जाने दोस्रो रोजाइमा पर्ने मुलुक हो । २ लाख ७५ हजार नेपालीहरू रहेको युएईमा झण्डै १ करोड जनसंख्या रहेको छ । हालसम्म युएईमा २ जना नेपाली सहित १४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२ जना उपचारपछि घर फर्केका छन् । पहिलोपल्ट जनवरी २३ मा युएईमा आएकी चिनियाँ वृद्धालाई कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो । श्रीमान, श्रीमती र ९ वर्षीय छोरी र हजुरआमासहित उक्त समूह जनवरी १६ मा युएई घुम्न आएको बेला उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो । २ महिनाको अवधिमा १४० मात्र संक्रमित भेटिनु औषत रुपमा कम हो । कस्तो छ युएईको अवस्थाः मनिसहरु नियमित रुपमा काममा गएका छन् । सरकारको पछिल्लो तथ्यांक अनुसार ३२ जना उपचार पश्चात घर फर्केका छन् । संक्रमणलाई नियन्त्रण गर्न युएई सरकारले केही होसियारी र नियन्त्रणको उपायहरु अवलम्बन गरेको छ । स्कुल, कलेज, सार्वजनिक पार्क, सिनेमाहलहरु, मनोरन्जनका क्षेत्रहरु, बार, क्लब, मसाज सेन्टर, हुक्का सेवनलाई प्रतिबन्ध लगाएको छ । १७ तारिकबाट लागु हुने गरी २ हप्ताको लागि सबै प्रकारका भिसा जारी गर्न बन्द गरेको छ । मुलुक बाहिर रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ । नेपाल सरकारले ५५ देशहरुसँगको हवाई यातायात बन्द गरेकोले युएईमा रहेका केही नेपालीहरुमा अन्यौल छाएको छ । भिसा सकिएर घर भिर्ती हुन लागेका केही नेपालीहरु बिचल्लीमा परेका छन् । कम्पनीमा राजीनामा दिएर २८ तारिकको फ्लाई दुबईको टिकट लिएर बसिएकी ललितपुरकी निशा राईलाई अब के गर्ने भन्नेबारे अन्यौलता उत्पन्न भएको छ । युएईका ट्राभल्सहरुले भिसा प्रतिबन्ध २ हप्ताको लागि मात्र भएकोले युएई सरकारले भिसा सम्बन्धी नयाँ नीति ल्याउन सक्ने भन्दै धैर्य गर्न भनेको छ । नेपाली दुतावास अबुधाबीले बेलाबेला सूचना जरी गरी सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावाबाट हुने नियमित काम बाहेक श्रम डिमाण्ड प्रमाणीकरण स्थगित गरिएको छ । सरसफाइ तथा सुरक्षाका उपायहरु उपनाउन विज्ञप्ति मार्फत सूचित गरिएको छ ।

    • शुक्रवार, चैत्र ७ २०७६१०:१७:४१
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ