एजेन्सी । नेपालीको वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक गन्तव्यको रूपमा रहेको यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमणबाट नेपालजस्तै युएई पनि सुरक्षित नै देखिएको थियो । तर, पछिल्लो तथ्यांक अनुसार यूएईमा पनि कोरोना संक्रमणको संख्या बढ्ने क्रममा छ । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार नयाँ तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा २ जना नेपाली सहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसँगै यूएईमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ ।
यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म २ नेपाली सहित ५५ जना उपचारपछि फर्किएका छन् ।
लकडाउनको घोषणा
यूएई सरकारले तीन दिनका लागि लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रिय सरसफाई तथा निर्मलीकरण अभियान सञ्चालन गरिने हुँदा लकडाउन गरिएको बताएको छ । यूएई सरकारद्वारा मार्च २७ गते राति ८ बजेदेखि मार्च २९ गते बिहान ६ बजेसम्म लकडाउन गरिएको छ । ‘यो अवधिमा घरमै बस्नू,’ सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।
सरकारले जारी गरेको नीति उल्लंघन गरी घर बाहिर निस्किन पाइने छैन । यदि सरकारको नीति अवज्ञा गरेमा जरीवाना सहित कडा सजाय हुने जनाइएको छ ।
सरसफाइ र सरकारको नीतिलाई पालना गर्न दूतावासको आग्रह
अबुधावी स्थित नेपाली दूतावासले सरकारका नीति तथा लकडाउनलाई पूर्णतस् पालना गर्न आग्रह गरेको छ । साथै आफू र आफ्ना साथीहरुमा कोरोना संक्रमणको शंका लागेमा युएई सरकारले तोकेको स्वास्थ्य जाँच केन्द्रहरुमा गएर परीक्षण गराउन आग्रह समेत गरेको छ ।
‘कुनै पनि समस्यामा परे दूतावासमा सम्पर्क गर्नू,’ अबुधावी स्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, ‘युएई सरकारले कोरोना संक्रमणका कारण कुनै पनि देशका नागरिकलाई समस्यामा पर्न नदिने र समस्यामा भए सम्बन्धित देशको दूतावासमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ । समस्यामा भएका हाम्रा कामदारको समस्या समाधानमा हामी समन्वय गर्न तयार छौँ ।’
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ