एजेन्सी । अमेरिकामा अहिले कोरोना भाइरसको प्रकोप तिव्ररुपमा बढिरहेको छ । कोरोना भाइरसको प्रकोपले अमेरिकामा बसोबास गर्ने नेपालीहरु पनि त्रसित छन् । हालसम्म कति अमेरिकामा बस्ने नेपालीमा कोरोना संक्रमण छ भनेर यकिन तथ्यांक आएको छैन । सबैभन्दा बढी कोरोना भाइरस (कोभिड– १९) को परीक्षण अमेरिकामै गरिएको छ । तर, अमेरिकामा बस्ने नेपालीले आफूलाई कोरोना संक्रमण भएको तथ्य अहिलेसम्म पनि लुकाइरहेको पाइएको छ ।
अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले भने, ‘अमेरिकामा गोपनीयताको कानून कडा हुन्छ । १८ वर्ष उमेरका नाघेको व्यक्तिको हकमा उसको मञ्जुरीबिना कुनै पनि कुरा बाहिर ल्याउन मिल्दैन ।’ त्यसैले अमेरिकामा कति नेपालीहरू कोरोनाबाट संक्रमित छन् भन्ने यकिन तथ्यांक छैन ।
तर, अहिलेसम्म जति केस सार्वजनिक भएका छन्, त्योभन्दा धेरै नेपालीहरुलाई संक्रमण भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । कोरोनाबाट सर्वाधिक प्रभावित न्यूयोर्कमा नेपालीहरुको संख्या ठूलो छ ।
‘दूतावासले अहिले मुख्यत नेपाली समुदायमा कोरोनाविरुद्ध सचेतना जगाउने काम नै गरिरहेको छ । अस्ति म आफैँले संयोजक गरेर अमेरिकामा रहेका नेपालीका विभिन्न संस्थाहरुसँग भिडियो कन्फ्रेन्स गरेँ । त्यसमा धेरै कुराहरु आएका छन्,’ राजदूत कार्कीले भने । उनले कसरी नेपाली समुदायलाई संरक्षण दिन सकिन्छ भन्ने छलफल भएको बताएका छन् ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिएपछि धेरै नेपालीले रोजगारी गुमाएका छन् । कार्कीले भने, ‘कतिले स्वेच्छाले छोडेका पनि छन् । त्योभन्दा ठूलो कुरा अहिले उनीहरु कोरोना भाइरसबाट बच्नु नै महत्वपूर्ण हो । यहाँ केही नेपाली डाक्टर, नर्सहरु पनि छन् । उनीहरुले काम गर्ने अस्पतालमा मास्क, पञ्जा, पीपीई आदि नपाएको गुनासोहरु हामीसम्म आएका छन् । त्यसबाहेक अरु गुनासाहरु खासै आएका छैनन् ।’
‘अमेरिकामा बस्ने नेपाली समुदायबीच अहिले एकदम त्राशको वातावरण छ,’ कार्कीले भने, ‘हामीले सबैलाई सकेसम्म काममा नजानुस् भनिरहेका छौँ । नेपालीहरुले भोग्नुपरेका समस्या विभिन्न तवरले बुझ्ने काम भइरहेको छ । नेपाल सरकारबाट प्राप्त हुने मार्गनिर्देशन अनुसार चल्नेछौँ ।’
गत मार्च २० मा अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनेको छ-
एकको मृत्यु अन्यको अवस्था अज्ञात
अहिलेसम्म अमेरिकामा एकजना गैरआवासीय नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु भएका अनिल लिम्बूको शुक्रबार दाहसंस्कार गरिएको थियो । उनको दाहसंस्कारमा परिवारका सदस्य र आफन्त पनि सहभागी हुन सकेनन् । न्युयोर्कमा रहेको ग्रिनउड सिमेट्री नामक निजी कम्पनीलाई दाहसंस्कारको जिम्मा दिइएको थियो । १२ सय अमेरिकी डलर लिएर सो कम्पनीले दाहसंस्कार गरेको हो ।
दुई दशकदेखि अमेरिकामा बस्दै आएको लिम्बूको परिवार उतैको नागरिक बनिसकेका छन् । उनीहरू पाँचथरका हुन् । लिम्बूका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
लिम्बूको परिवारलाई पनि कोरोना संक्रमण पोजिटिभ देखिएको हल्लाले राम्रै चर्चा पायो । तर, परिवारका अन्य सदस्य कोरोना भाइरसबाट संक्रमित रहेको पुष्टि भएको छैन । अमेरिकामा बसोबास गर्ने अन्य धेरै नेपाली संक्रमित रहेको आशंका गरिएको छ । तर नेपालमा जस्तै सार्वजनिक हुन चाहिरहेका छैनन् । अमेरिकामा व्यक्तिगत गोपनियताको कानून कडा भएकाले पनि धेरै केसहरु बाहिर आउन नसकेको राजदूत अर्जुन कार्की बताउँछन् ।
‘मैले न्यूयोर्कको अस्पतालमा भर्ना भएका दुईजना संक्रमितसँग आफैँले फोनमा कुरा गरेँ, त्यसबाहेक अरु बिरामीहरु सार्वजनिक हुन चाहेका छैनन्,’ कार्कीले भने । न्यूयोर्कमा धेरै संख्यामा नेपालीमा कोरोना संक्रमण भएको हुन सक्ने उनको आशंका छ । साथै, टेक्सासमा पनि केही नेपालीहरुमा यो भाइरस भेटिएको राजदूत कार्कीले बताए ।
त्रासमा अमेरिकामा बस्ने नेपाली
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी लेखक निलम कार्की निहारिकाले अमेरिकामा प्रायः सबै नेपाली समुदाय होम क्वारेन्टाइमा बसेको बताइन् । उनले भनिन्, ‘बाहिर निस्किने वातावरण नै छैन । अहिलेको समय भनेको आफू जोगिने र अरूलाई पनि जोगाउने समय हो । तपाईंहरू पनि घरमै बस्नुस् । कोरोना संक्रमण फैलिन नदिनुस् ।’ उनी स्वास्थ्यकर्मी परिवारकी हुन् । उनले कति अमेरिकामा बस्ने नेपालीलाई कोरोना संक्रमण भयो भन्ने कुरा थाहा नभएको बताइन् ।
पारस ओझा नर्थ क्यारोलेना बस्दै आएका छन् । उनी हिजाेदेखि होम क्वारेन्टाइनमा बस्न थालेका हुन् । उनका अनुसार नर्थ क्यारोलेनामा कोरोना संक्रमणको कारण हालसम्म कसैको ज्यान गएको छैन । जम्मा १६ जनामा संक्रमण देखिए पनि ७ जना स्वास्थ्यलाभपछि घर फर्किसकेका छन् । उनले भने, ‘हिजोदेखि नागरिकहरू आफैँ होम क्वारेन्टाइनमा बस्न थालेका छन् । हालसम्म अमेरिकामा बस्ने नेपालीले एकजनाको निधन हुनुबाहेक कुनै ठूलो नेपाली समुदायले क्षति बेहोर्नुपरेको छैन ।’
त्यसैगरी कोलोराडोमा डिपार्टमेन्टल स्टोरमा काम गर्ने अपूर्व सापकोटाले आफूलाई काममा जान डर लागेर एक हप्तादेखि घरमा बसिरहेको उनले बताए ।
‘ग्राहकह‘सँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने भएकाले मलाई संक्रमणको डर भयो । तर, मालिकले यस्तो बेला छुट्टि दिन नमानेपछि कामै छोडिदिएँ । अब यो संकट समाप्त भएपछि अर्को काम पाइएला नि,’ उनले भने ।
अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्की सरकारको राहत प्याकेज वितरणको कार्यविधि आउन बाँकी रहेकाले अहिल्यै सबै स्पष्ट नभएको बताउँछन् । अमेरिकामा अध्ययन भिसामा रहेकाहरुलाई भने यो प्याकेजले नसमेट्ने उनको भनाइ छ ।
तारा नेपाल सिकागोमा क्याब चलाउँछन् । उनले कोरोनाको महामारी फैलिएपछि क्याब थन्क्याएर घरमै बसिरहेका छन् ।
‘बाहिर दुध किन्न निस्कँदा त डर लाग्छ, कसरी काममा जाने ?’ उनले भने, ‘ज्यानभन्दा पैसा ठूलो कुरा होइन । बाँचियो भने पैसा त पछि पनि कमाइएला भन्ने लागेर अहिले चुपचाप घरमा बसेको छु ।’
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ