Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

अमेरिकामा कोरोना ताण्डवः ५ हजारको मृत्यु, के गर्दैछन् ट्रम्प ?

अमेरिकामा कोरोना ताण्डवः ५ हजारको मृत्यु, के गर्दैछन् ट्रम्प ?

  • 1.4K
    SHARES

  • एजेन्सी । अमेरिकाको जोन हपकिन्स कोरोना भाइरस रिसर्च सेन्टरका अनुसार अमेरिकामा बुधबार रातिसम्म २ लाख १४ हजार संक्रमित देखा परेका छन् । त्यस्तै पछिल्लो रिपोर्ट अनुसार ५ हजार ९३ जनाको मृत्यु भइसकेको छ । संक्रमित हुनेको उल्लिखित संख्या हालसम्म विश्वकै धेरै हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लकडाउन नगरेरै कोरोनाविरुद्धको लडाइँमा जितिछाड्ने प्रण लिएका छन् । एउटा कार्यक्रममा उनले कोरोना भाइरसको पछिल्लो अवस्था बारे टिप्पणी गर्दै भने, ‘अमेरिका खतरनाक कोरोना भाइरस विरुद्धको लडाइँलाई जारी राख्ने छ । तपाईंहरूले देख्नु भो यो कति खतरनाक छ । खासगरि यसबाट संक्रमित हुनेको संख्या देखेर यसको भयानकता महसुस गर्न सकिन्छ । यस्तो अवस्था अमेरिकाले कहिल्यै भोगेको थिएन ।’ यसैबीच ह्वाइट हाउसले यस्तै स्थिति रहिरहे अमेरिकामा १ लाखदेखि २ लाखको मृत्यु हुन सक्ने अनुमान गरेको छ । पूरै देशमा कोरोनासँग लड्न कडा कदम उठाइएको बताउँदै ट्रम्पले हरेक मोर्चामा कोरोनासँग लडाइँ चालेको बताए । यद्यपि अमेरिकाले हालसम्म लकडाउन गरिएको छैन र गर्न सम्भावना पनि छैन । ट्रम्पले पत्रकारहरूसँगको नियमित संवाद कार्यक्रममा सबैले सामाजिक दूरी बनाउनुपर्नेमा जोड दिँदै आफूले आर्थिक प्याकेज ल्याएर सम्पूर्ण आर्थिक मन्दीलाई रोक्न तथा श्रमिकहरूको न्यूनतम आवश्यकता पूरा गर्ने यत्न गरेको बताए । त्यस्तै उनले यात्रामा रोक लाउन आग्रह गर्दै ३० अप्रिलसम्म सामाजिक दूरी कायम राख्ने बताए । उनले ११ कम्पनी भेन्टिलेटर बनाउन लागिपरेको समेत बताए । कार्यक्रममा उनले आगामी दिन अमेरिकाका लागि निकै चुनौतीपूर्ण भएपनि यसबाट अमेरिका बाहिर निस्किने बताए ।

    • बिहिवार, चैत्र २० २०७६०८:२४:५६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ