Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

आज पृथ्वी जोखिममा, नजिकैबाट गुज्रिँदैछ क्षुद्रग्रह

आज पृथ्वी जोखिममा, नजिकैबाट गुज्रिँदैछ क्षुद्रग्रह

  • 3.2K
    SHARES

  • काठमाडाैँ । लगभग दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर बुधबार गुज्रिदैछ । पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन् । ५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो क्षुद्रग्रह सन् १९९८ मा पहिलोपटक देखिएको थियो । बुधबार यो पृथ्वीबाट ३९ लाख ८ हजार ७९१ माइल्स टाढाबाट १९ हजार ४६१ माइल्स प्रति घण्टाको रफ्तारमा गुज्रनेछ । यो दुरी पृथ्वी र चन्द्रमाको दुरीभन्दा १६ गुणा बढी हो । तर पनि वैशाख १७ गते पृथ्वीनजिक आउने क्षुद्रग्रहले पृथ्वीलाई खतरा छ ? नासाका अनुसार यो क्षुद्र ग्रह भारतीय समयअनुसार बुधबार ३ बजेर २६ मिनेटबाट यो पृथ्वीको नजिक आइपुग्नेछ । नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट (एनइओ) ले पृथ्वीसँग ठोक्किन सक्ने यस्ता क्षुद्र ग्रहहरुको अध्ययन गर्दछ । यसलाई द भर्चुअल टेलिस्कोपको वेबसाइटबाट हेर्न सकिन्छ । यो अहिलेसम्म पृथ्वीको नजिकबाट गुज्रिएको सबैभन्दा ठूलो क्षुद्र ग्रह भने होइन । सन् २०१७ को सेप्टेम्बरमा पृथ्वीको नजिकबाट गुज्रिएको ३१२२ फ्लोरेन्स (१९८१ इटी३) अहिलेसम्मकै सबैभन्दा ठूलो क्षुद्रग्रह हो । यो सेप्टेम्बर २, २०५७ मा पुनः पृथ्वीको नजिक आइपुग्नेछ ।

    • बुधवार, बैशाख १७ २०७७०५:४३:३२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ