काठमाडौँ । कोरोना कहरको बेला भारतको आन्ध्र प्रदेश राज्यको विशाखापट्टनमस्थित एउटा फर्मा कम्पनीमा रसायनिक ग्यास लिक हुँदा ७ जनाको मृत्यु भएको छ ।
गए राति २ बजे अचानक उद्योगबाट ग्यास लिक भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले प्रहरी र जलसेनाले वरिपरिका झण्डै ३ हजार भन्दा धेरै स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा राखेको छ ।
त्यस्तै १ सय ५० भन्दा धेरैलाई अस्पताल भर्ना गरिएको छ भने २० जनाको हालत गम्भीर रहेको बताइएको छ । गम्भीर हुनेमा अधिकांश वृद्ध र बालबालिका छन् ।
अचानक ग्यास लिक भएर मानिसहरू बाटोमै ढल्न थालेपछि पूरै सहर अहिले त्रासमा छ । स्थानीय प्रशासनले अहिले १० बजे स्थिति नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।
प्रशासन र जलसेनाले वरपरको ३ किलोमिटर क्षेत्र खाली गराएको समेत सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
विशाखा एलजी पोलिमर कम्पनीबाट विषालु ग्यास लीक भएको हो ।
विषालु ग्यासको सम्पर्कमा आएपछि मानिसहरूमा टाउको दुख्ने, बान्ता आउने र सास फेर्न गाह्रो हुने लगायतका समस्या देखिएका छन् ।
सास लिन गाह्रो भएकाहरूलाई अक्सिजन दिइएको छ । ग्यास कसरी लीक भयो भन्ने कारण खुलेको छैन ।
स्थानीय प्रशासनका अनुसार एम्बुलेन्समा लगातार मानिसहरूलाई सुरक्षित स्थानमा लगिँदै छ । स्थिति नियन्त्रण बाहिर नजाओस् भन्नका लागि झण्डै २ हजारभन्दा बढी बेडको व्यवस्था समेत गरिएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ