Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

कोरोनाका कारण विदेशमा रहेका झण्डै ६ लाख नेपाली स्वदेश फर्किने अनुमान

कोरोनाका कारण विदेशमा रहेका झण्डै ६ लाख नेपाली स्वदेश फर्किने अनुमान

  • 1.6K
    SHARES

  • काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल झण्डै ५ लाख ८८ हजार ७ सय जना नेपाली स्वदेश फर्किने अनुमान गरेका छन् । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबारको बैठकमा बोल्दै उनले खाडी मुलुकबाट मात्रै ३ लाख २५ हजार नेपाली स्वदेश फर्किने अनुमान गरेका छन् । बाँकी भने भारतबाट फर्किने नेपाली रहने अनुमान ज्ञवालीको छ । फर्किन चाहनेहरू मध्ये तत्काल ल्याउनै पर्नेको संख्या २ लाख १० हजार ८ सय ७१ रहेको मन्त्रालयले बताएको छ । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती रहेको समेत मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले भने स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् । एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । 'एकैपटक ठूलो संख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ,' मन्त्री ज्ञवालीले भने, 'तर आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।' नेपालको कूल जनसंख्याका १५ प्रतिशत मुलुकबाहिर छ । कुटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १०९ मुलुकमा ६४ लाख ६३ हजार ३७३ नेपाली विभिन्न पेशा र व्यवसायमा छन् । विभिन्न २१ मुलुकमा १० हजारभन्दा बढी नेपालीको संख्या छ । प्रवासमा रहेकामध्ये ठूलो सङ्ख्या श्रमिक छन् । विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको संख्या १२ लाख ११ हजार ९२४ रहेको छ । वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाले उनीहरूको यकिन तथ्यांक नरहेको मन्त्रालयले जनाएको छ ।

    • मंगलवार, बैशाख ३० २०७७१२:१८:५५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ