Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

साउदीमा मात्रै ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण, १ जनाको मृत्यु

साउदीमा मात्रै ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण, १ जनाको मृत्यु

  • 1.7K
    SHARES

  • काठमाडौँ । साउदी अरेबियामा मात्रै ६ सय ७४ जना नेपाली कोरोना संक्रमित भएका छन् । साउदी विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै मक्का, मदिना, जेद्दा र जजान लगायतमाका क्षेत्रमा मा १ सय ४८ जना संक्रमित भएका छन् । उता रियाद क्षेत्रमा भने १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । संक्रमितमध्ये ११ जना महिला रहेका छन् भने बाँकी पुरुष रहेको बताइएको छ । संक्रमित मध्ये केही नेपाली निको भएर काममा समेत फर्किसकेको दूतावासले जनाएको छ । साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण देखिए यता मृत्यु भएका ३१ जना नेपालीमध्ये १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ भने संक्रमितहरू मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएर घर फर्किएका छन् ।

    • मंगलवार, बैशाख ३० २०७७११:२०:३८
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ