काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी परियोजना पार्टीमा पर्याप्त छलफल गरेर मात्रै अगाडि बढाइने बताएका छन् ।
शनिबार नेकपा सचिवालय सदस्य, एमसिसी कार्यदलका सदस्य र यसबारेमा अध्ययन गरेका नेकपा नेताहरूबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
बैठकमा बोल्ने स्थायी समिति सदस्यहरूले स्थायी कमिटीको बैठकमा एमसिसीबारे छलफल हुनुपर्ने धारणा राखेका थिए । एमसिसी कार्यदलमा रहेका परराष्ट्रमन्त्री एवम् स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सम्झौताको विश्वसनीयताका लागि पनि अगाडि बढाउनुपर्ने बताएका थिए ।
आजको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन् । स्रोतका अनुसार एमसीसीबारे आफूले प्रष्ट भनिसकेकाले बैठक बस्न जरुरी नभएको भन्दै प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएका हुन् ।
बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
सरकारले यसपटकको नीति तथा कार्यक्रममा पनि एमसिसीका योजनालाई समावेश गरिसकेको छ ।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी