काठमाडौँ । अमेरिकी मूलका काला जाति जर्ज फ्लोइडलाई प्रहरीले घाँटी थिचेर मारेको विरोधले दिन प्रतिदिन उग्र रुप लिँदै आएको छ । अमेरिकाको राजधानी वासिङ्टन डिसीसहित ४० शहरमा कर्फ्यू लगाइएको छ ।
आइतबार राति प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि ठूलो प्रदर्शन गरेका थिए । तसर्थ सुरक्षाबलले अश्रु ग्याँस प्रहार गरी प्रदर्शन रोक्ने प्रयास गरेको थियो । समाचारमा जनाइएअनुसार शुक्रबार ह्वाइट हाउसअगाडि प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही बेरका लागि अन्डरग्राउन्ड बंकरमा राखिएको थियो ।
समाचार च्यानल सिएनएनका अनुसार वासिङ्टनसमेत १५ शहरमा करिब ५ हजार नेशनल गार्ड तैनाथ गरिएको छ । आवश्यकता हेरी करिब २ हजार गार्डलाई स्ट्यान्डबाई राख्न भनिएको छ ।
गत शुक्रबार ह्वाइट हाउसमा सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भए । सुरक्षालाई मध्यनजर गर्दै ट्रम्पलाई एक घण्टाभन्दा कम समय एउटा अन्डरग्राउन्ड बंकरमा राखिएको थियो । प्रदर्शनकारीलाई हटाउनका लागि सिक्रेट सर्भिस र युनाइटेड स्टेट्स पार्क पुलिस खटिएका थिए ।
ह्वाइट हाउस बाहिर यति ठूलो संख्यामा प्रदर्शनकारी जुटेको देख्दा ट्रम्प चकित भएका थिए । एजेन्सी
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक