चार दिन भोकै भएपछि गलेका थिए, सुतेकै ठाउँमा प्राण गयो
बर्दिया । पाँच दिनअघि ५५ वर्षीय जोद्धी गोडियाले क्वारेन्टाइनमै जीवनको अन्तिम सास फेरे । त्यसपछि जोद्धीको परिवारको बिचल्ली भयो, अझै परेला ओभाएका छैनन् ।
सान्त्वना दिन कसैले आँगनमा टेक्यो कि गुलरिया–९ कि नन्कई गोडिया भक्कानिएर रुन थाल्छिन् । आमा रुन थालेपछि दुई छोरा र एक छोरीलाई सम्हालिन कठिन हुन्छ ।
घरमा बसेर खानलाउन पुग्ने अवस्था थिएन । उनीहरू अछामको साँफेबगरमा सडक निर्माणको काममा खटेका थिए । अछामको साँफेबगरमा सडक निर्माण गर्न गएका जोद्धी, छोराहरू प्रह्लाद र विष्णु लकडाउनले बेरोजगार बनेपछि पैदलै कैलालीको अत्तरिया आएका थिए । अत्तरियाबाट जेठ १३ गते मध्यराति बसमा क्वारेन्टाइन स्थल आएका हुन् । क्वारेन्टाइनमा बसेकै बेला पाँच दिनअघि सदरमुकामस्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएको थियो ।
उनीहरू फागुन पहिलो साता निर्माणको काम गर्न अछाम गएका थिए । उनीहरू सडक निर्माणमा खटिएको एक महिनापछि मुलुकमा लकडाउन घोषणा भएपछि निर्माणको काम रोकियो । लकडाउन खुल्ने र काम सुरु हुने आसमा उनीहरू केही समय त्यहीँ बसे । बीचमा काम सुरु पनि भयो ।
चार दिन भोकै भएपछि गलेका थिए, सुतेकै ठाउँमा प्राण गयो
गाह्रोसाह्रो काम गरेर दिन बिताए । खेतीपातीको याम सुरु भएकाले घर फर्किन ठेकेदारसित ज्याला मागे । ठेकेदारले पैसा दिएनन् । त्यसपछि पैदल फर्किएको प्रह्लादले बताए ।
उनका अनुसार तीन जनाको गरेर ५० हजार रुपैयाँभन्दा बढी ज्याला लिनुपर्नेछ । तर उनीहरूसँग खल्तीमा सुको थिएन । ठेकेदारले दिएको दुई हजार रुपैयाँ घरमा पठाए । ९ हजार रुपैयाँ खाना खर्च लाग्यो । बेखर्ची भएपछि गाउँलेसँगै गत जेठ ९ गते बिहान घर हिँडेको उनले बताए । ‘पहिलो दिन जंगलमा बितायौँ,’ उनले भने, ‘दिनभरि हिँडेर जहाँ रात पर्थ्यो त्यहीँ बास बस्थ्यौँ ।’
उनीहरूको दुई दिनसम्म मुखमा अन्नको दाना पाि परेन । ‘तेस्रो दिन बाटोमा एक व्यक्तिले चाउचाउ र बिस्कुट दिए । त्यसले भोक मर्यो । राति बचेको चाउचाउ र बिस्कुट खायौँ,’ विष्णुले भने, ‘चौथो दिन अपराह्न अत्तरिया पुग्यौँ, हिँडाइ र भोकले बुबा गल्नुभएको थियो ।’
अत्तरिया आइपुग्दा सुनसान थियो । राजमार्गमा फाट्टफुट्ट मात्रै गाडी गुडेका थिए । सोधखोज गर्ने क्रममा एउटा बस भेटियो । गुलरिया पुर्याएपछि घरबाट पैसा मगाएर भाडा दिने सर्तमा चालकले उनीहरूलाई सदरमुकाम ल्याइदिए । गन्तव्यमा पुगेपछि सबैले घरमा फोन गरेर पैसा मगाएको विष्णुले बताए । ‘त्यहाँ प्रहरीले दुई घण्टा सोधपुछ गर्यो,’ उनले भने, ‘राति १२ बजे क्वारेन्टाइनमा लगियो । त्यो रात पनि भोकै सुत्नुपर्यो ।’ बिहान उठेर बुबालाई पानी पिलाउनेबित्तिकै सास रोकिएको जेठा छोरा प्रह्लादले बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले मृतक दमको रोगी भएको बताए ।‘हामीले परीक्षण गर्दा कोरोना पुष्टि भएन,’ उनले भने, ‘त्यसपछि मात्र दुई छोरालाई पनि क्वारेन्टाइनबाट घर पठाइयो ।’
उनीहरूसँगै आएका मुन्नीलाल गोडियाले जोद्धीको मृत्यु भोकले भएको बताए । ‘चार दिन भोकै भएपछि गलेका थिए,’ उनले भने, ‘सुतेकै ठाउँमा प्राण गयो ।’
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक