Logo

मंगलवार, भाद्र ९ गते २०८३

धरौटीमा छुटे भिआइपी जुवाडेहरू

धरौटीमा छुटे भिआइपी जुवाडेहरू


धरौटीमा छुटे भिआइपी जुवाडेहरू

काठमाडौँ । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना भिआइपी जुवाडे धरौटीमा छुटेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार १ जनालाई ४० हजार र बाँकीलाई जनही ३० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उनीहरुले सो धरौटी बुझाएर शुक्रबार रिहा भएको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिए । ४० हजार धरौती बुझाउनेमा व्यापसायी अशोककुमार अग्रवाल रहेको छ । रिहा हुनेमा अग्रवालसहित नन्द किशोर शर्मा, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र सांघाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा, सुरेश अग्रवाल र होटलका सञ्चालक भारतका मिक्की जोगाइ रहेका छन् ।

गत सोमबार राति पक्रउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थियो । अनुसन्धान सकेर उनीहरूलाई आज सिडीओ कार्यालयमा उपस्थित गराइएकाले धरौटीमा छाड्ने आदेश भएको हो ।

सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो । उनीहरूको साथबाट दुई लाख ७७ हजार सात सय २० रूपैयाँ नगद बरामद गरिएको थियो ।

कामना न्यूज

  • शुक्रवार, जेठ २३ २०७७०५:२२:४०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक