Logo

मंगलवार, भाद्र ९ गते २०८३

पश्चिम रुकुम सोती घटनामा फेला परेका सबैको शव क्षतविक्षत

पश्चिम रुकुम सोती घटनामा फेला परेका सबैको शव क्षतविक्षत


पश्चिम रुकुम सोती घटनामा फेला परेका सबैको शव क्षतविक्षत

काठमाडौँ । पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरी वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने बताएका छन् ।

घटनापछि बेपत्ता भएका ६ जनाको खोजतलास गर्दा भेरी नदीमा शव भेटिएका थिए । उनीहरूको शवमा विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ ।

भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो । नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान गएको हो ।

गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी प्रेमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको थियो ।

कामना न्यूज

  • शनिवार, जेठ २४ २०७७०७:२५:०३
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक