Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

सरकारले गर्यो पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्या‌ंक सार्वजनिक

सरकारले गर्यो पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्या‌ंक सार्वजनिक


सरकारले गर्यो पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्या‌ंक सार्वजनिक

काठमाडौँ । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्या‌ंक सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्यांक सोमबार मात्रै बाहिर ल्याएको छ ।

सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १ सय ४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । सरकारले यसअघि विदेशबाट समस्यामा परेकालाई तत्काल स्वदेश ल्याउने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाउन सकेको थिएन ।

दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मलेसिया र खाडीका छ देशबाट लगभग २० हजार नागरिक पहिलो चरणमा ल्याउनुपर्ने अवस्था रहेको छ । पहिलो चरणमा साउदी अरेबियाबाट ६ हजार ६ सय २४ जना, मलेसियाबाट ६ हजार ४ सय २५, कतारबाट तीन हजार ६ सय ८ जना, संयुक्त अरब इमिरेट्स (यूएई)बाट ४ सय १० जना, बहराइनबाट ३ सय ७२, ओमानबाट ६ सय ५६, कुवेतबाट २ हजार ९ सय ९१ रहेका छन् ।

यस्त, अस्टे«लियामा कोरोनाका कारण समस्यामा परेका १ हजार ३ सय नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ भने माल्दिभ्सबाट २ सय ७४ जना नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ । यस्तै नेपालीको आकर्षक रोजगारीको गन्तव्य मुलुक मानिने दक्षिण कोरियाबाट २ सय ८२ जना, साइप्रसबाट ४ सय ७१ जना र जापानबाट ९ सय १६ जनालाई ल्याउनुपर्ने भएको छ । त्यस्तै कोरोनाका कारण ब
बंगलादेशबाट १ सय ८० जना, पाकिस्तानबाट १ सय २५ जना र श्रीलंकाबाट ३६ जना ल्याउनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट अहिले स्वदेश फर्काउनपर्ने नेपालीको सङ्ख्या ६ सय ४६, क्यानडाबाट ७८ जना र इजरायलबाट ३९ जना नागरिक ल्याउनुपर्ने छ । यस्तै पहिलो चरणमा युगाण्डाबाट १ सय ६१ जना, नाइजेरियाबाट ९७ जना, दक्षिण सुडानबाट १८ जना, सुडानबाट ३१ जना, मोरक्कोबाट ६३ जना, थाइल्यान्डबाट ३ सय ५७ जना, सिंगापुरबाट ६१ जना, कम्बोडियाबाट ४१ जना, भियतनाम, लाओस, डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरूले परराष्ट्र मन्त्रालयलाई पठाएका छन् । गएको शुक्रबार यूएईबाट १ सय ६८ जना र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

कामना न्यूज

  • बुधवार, जेठ २८ २०७७०७:४३:५७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ