Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

सुदूरपश्चिममा कोरोना निको नहुँदै थप २६ जना डिस्चार्ज

सुदूरपश्चिममा कोरोना निको नहुँदै थप २६ जना डिस्चार्ज


सुदूरपश्चिममा कोरोना निको नहुँदै थप २६ जना डिस्चार्ज

धनगढी । सुदूरपश्चिममा कोरोनाका लक्षण नदेखिएको भन्दै २६ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

प्रदेशका विभिन्न ठाउँबाट संक्रमितलाई डिस्चार्ज गरिएको हो । नेपाल सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको बताइएको छ ।

डिस्चार्ज हुनेहरूमामा सेती प्रादेशिक अस्पतालबाट १५ जना, महाकाली अस्पतालबाट ४ जना, डोटी जिल्ला अस्पतालबाट २ जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट ३ जना र अछाम जिल्ला अस्पतालबाट २ जना रहेका छन् ।


आइतबार अस्पतालको आइसोलेसनमा रहेका कैलालीका ११ र डोटीका ४ जनालाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

डिस्चार्ज हुनेमा गौरीगंगा नगरपालिका(२ का सात पुरुष पुरुष, वडा नम्बर(४ का एक पुरुष, धनगढी उपमहानगरपालिका(१० का एक पुरुष, जानकी गाउँपालिका(१ का एक पुरुष, बर्दगोरीया गाउँपालिका(५ का एक पुरुष रहेका छन् ।

यस्तै डोटीको केआईसिंह गाउँपालिका(३ घर भई सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई महिला र दुई पुरुषलाई पनि आइतबारै डिस्चार्ज गरिएका हुन् ।

महाकाली अस्पतालबाट डिस्चार्ज हुनेहरूमा काठमाडौंका दुई, कञ्चनपुर भीमदत्त नगरपालिकाका एक र महाकाली नगरपालिकाका एक गरी चारजना पुरुषलाई रहेका छन् ।

त्यस्तै डोटी जिल्ला अस्पतालमा उपचार गराई रहेका पूर्वीचौकी गाउँपालिकाका दुई र पूर्वीचौकी गाउँपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा उपचार भइरहेका तीन गरी पाँचजनालाई डिस्चार्ज गरिएको छ ।

उता अछाम जिल्ला अस्पतालमा उपचाररत मंगलसेन नगरपालिकाका एक र सोकट गाउँपालिकाका एक गरी दुई जनालाई घर पठाइएको छ ।

कामना न्यूज

  • सोमवार, आषाढ १ २०७७०१:१०:४०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ