काठमाडौँ । कैलालीको क्वारेन्टिनमा बस्दै आएकी ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कैलालीले करणीसम्बन्धी कसूरमा अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्न म्याद दिएको हो ।
प्रहरीले आरोपित लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका किशोर स्वास्थ्यकर्मी हुन् । दुई जना भने क्वारेन्टिनमा खटिएका स्वंयसेवक हुन् । उनीहरूले जबरजस्ती करणी गरेको भिडियो बनाएर उल्टो पैसा मागेको पीडितले बताएकी छन् ।
घटनाबारे पीडित युवतीले प्रहरीमा किटानी जाहेरी दिएपछि विस्तृतमा अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । पीडित महिला दुई साताअघि भारतको बैंग्लोरबाट आएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण