काठमाडौँ । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया किशोरीको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो ।
उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन् । पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेका छन् । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएका थिए । पक्राउ परेका उनीहरुलाई बाल विवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक