Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

सोती नरसंहारका प्रतिवादीको बयान भोलि बिहीबार सकिनेः भोलिबाटै थुनछेक बहस सुरु हुन सक्ने

सोती नरसंहारका प्रतिवादीको बयान भोलि बिहीबार सकिनेः भोलिबाटै थुनछेक बहस सुरु हुन सक्ने


सोती नरसंहारका प्रतिवादीको बयान भोलि बिहीबार सकिनेः भोलिबाटै थुनछेक बहस सुरु हुन सक्ने

चौररजहारीः चौररजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि सुरु भएको बयान अन्तर्गत बुधबार थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ ।

यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ। पक्राउ परेकामध्ये अब ८ प्रतिवादीको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । सोमबार दुई नाबालक र मङ्गलबार नौ जनाको बयान सकिएको थियो ।

प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस शुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ । ‘पक्राउ परेका प्रतिवादीहरुको बयान बिहीबारसम्ममा सकिने देखिएको छ,’ उनले भने, ‘बयान सकिए लगत्तै थुनछेक बहस शुरु हुने छ, समय भए भोलिबाटै पनि थुनछेक बहस शुरु हुन सक्छ।’

उनका अनुसार बिहीबार बयान सकिन समय लागे शुुक्रबारदेखि थुनछेक बहस शुरु हुनेछ । गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोप लगाउँदै जिल्ला सरकारी वकिल कार्यालयले रुकुम अदालतमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ। तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन् । ३४ जनामध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा दर्ता गरिएको छ भने एक जनाविरुद्ध मतियारको मुद्दा लगाइएको छ ।

यसैबीच सोमबार बयान र थुनछेक बहस सकिएका दुई नाबालकलाई भने मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिइसकेको छ ।

कामना न्यूज

  • बुधवार, आषाढ ३ २०७७०७:३१:४६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ