सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय नाघेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पीसीआरबाट १४, प्रदेश अस्पतालको आरटी पीसीआर रिपोर्टअनुसार दुई सुर्खेत र दुई दैलेखमा गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
उनले बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार १ सय ४ पुगेको बताए ।
महाशाखा प्रमुख डा. तिवारीका अनुसार कूल संक्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६ सय ३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २ सय ३७, सल्यानमा १ सय ३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितमा पुरुष १ हजार २२ जना र महिला ८२ जना रहेका छन् ।
कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको संख्या ४ सय ९४ पुगेको छ । बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १ सय ५२ जनाले कोरोना जितेका छन् ।
महावु आइसोलेसन केन्द्रबाट १ सय ६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना संक्रमित कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा. तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका १र१ गरी ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म १ हजार ७ सय द९० नागरिक भारतबाट आइपुगेका छन् ।
यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ