काठमाडौँ । गत २४ घण्टामा नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
मृत्यु हुनेहरूमामा कैलाली गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुष रहेका छन् । उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, कैलालीकै लम्कीचुहा २ का ४३ वर्षीया महिलाको मृत्यु भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
हालसम्म नेपालको ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
त्यस्तै आजै नेपालमा अहिलेसम्मकै धेरै ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
बिहिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ६ ुय ७१ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
असअघि बुधबार नेपालमा ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ