Logo

मंगलवार, भाद्र ९ गते २०८३

डीन नियुक्ति प्रक्रिया सच्याउन गोविन्द केसीको आग्रह

डीन नियुक्ति प्रक्रिया सच्याउन गोविन्द केसीको आग्रह


डीन नियुक्ति प्रक्रिया सच्याउन गोविन्द केसीको आग्रह

काठमाडौँ । चिकित्सक तथा प्राध्यापक डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन नियुक्तिमा विरोध जनाएका छन् ।

सरकारले वरिष्ठता मिचेर डीनमा प्रधानमन्त्रीकी चिकित्सक डा. दिव्या सिंह शाहलाई नियुक्त गरेकामा केसीले विरोध जनाएका हुन् ।

वरिष्ठताकै आधारमा डीनलगायतका पदाधिकारीहरू नियुक्त हुनुपर्ने भन्दै बारम्बार आन्दोलन गर्दा पनि प्रकिया मिचेको भन्दै केसीले विरोध जनाएका छन् । ‘यसबाट व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुशी कार्यकर्ताहरू भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको छ’ उनले भनेका छन् ।

वरिष्ठता मिचिँदा अहिले नै पार्टी कार्यकर्ताहरू आईओएमका विभिन्न पद हत्याउन मुसा दौडमा संलग्न भइसकेको भन्दै केसीले तीमध्ये सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ताहरु अहिले पद पाउन नेता रिझाउन लागि परेको पनि बताए ।

‘त्यस्तै डा. केसीले निर्णय नसच्चिए कडा आन्दोलन गर्ने समेत बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘त्यसो नभएमा यी सारा समस्याका जडका रुपमा रहेको ओली–प्रचण्ड मनपरीतन्त्र विरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक