Logo

बुधवार, भाद्र १० गते २०८३

सुन तस्करीमा संलग्न प्रहरी निरीक्षकसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

सुन तस्करीमा संलग्न प्रहरी निरीक्षकसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर


सुन तस्करीमा संलग्न प्रहरी निरीक्षकसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडाैँ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जनाविरुद्ध सुन तस्करीको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२६ लाख ५२ हजार विगो कायम गर्दै उनीहरूविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएको हो। आयोगले सुन तस्कारीमा संलग्न प्रहरी हवल्दार रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीलाई प्रतिवादी बनाइएको छ।

अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदारसहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको भन्दै उनीहरुविरुद्ध उजरी परेको थियो। प्रहरी निरीक्षक नेपालसहित प्रहरी चौकीका सबै १६ जानलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको थियो।

उनीहरूविरुद्ध ४ देखि ६ वर्षसम्मको कैद सजायको माग गरिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण