रोल्पा । नाबालिकालाई बलात्कार प्रयासको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।
प्रहरी निरीक्षक केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ