Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

कतार साउदी अरेबियाबाट ३ सय ९२ जनाको उद्दार गरिँदै

कतार साउदी अरेबियाबाट ३ सय ९२ जनाको उद्दार गरिँदै


कतार साउदी अरेबियाबाट ३ सय ९२ जनाको उद्दार गरिँदै

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् ।

नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका लागि निगमको जहाज दोहा र रियाद उडिसकेका छन् भने बहराइनको राति ९ बजे प्रस्थान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार नेपाल एयरलाइन्सले रियादबाट २४६ र दोहाबाट १४६ र तीन बालकको उद्धार उडानमार्फत स्वदेश ल्याउनेछ । निगमले शनिबार तीन अन्तर्राष्ट्रिय उडान गरेको थियो । निगमले विभिन्न मुलुकमा रहेका नेपाली ल्याउन जुन १५ देखि ३० सम्म उद्धार उडानको तालिका सार्वजानिक गरिसकेको छ ।

त्यस्तै हिमालय एयरलाइन्सको पूर्वनिर्धारित तालिकाअनुसार मलेसियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामावादबाट काठमाडौँ चार्टर्ड उडान गर्दैछ । एयरलाइन्सले अबुधावीबाट आज १५३ नेपाली ल्याउने उहाँले बताए ।

हिमालयले आगामी चार दिनसम्म निरन्तर नौ गन्तव्य मुलुकमा चार्टर्ड उडान उडान गरी नेपाली फर्काउने कार्यतालिका बनाएको छ । कम्पनीले सोमबार पाकिस्तान, माल्दिभ्स र दोहाबाट तीनवटा उडान गर्नेछ । अगामी मंगलबार आबुधावी, दमाम र कुवेतबाट उडान गर्नेछ भने बुधबार आबुधावी र दोहाबाट काठामाडौँ चार्टर्ड उडान गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

शनिबार एकै दिन १६ उडान भरेका थिए । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान जारी रहेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ