काठमाडौँ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४ सयले घटेको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य रु ९० हजार ६०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य रु ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी रु ९४० मा खरिदबिक्री भइरहेको छ ।
बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४ सयले बढेर रु ८७ हजार पुगेको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक