Logo

बुधवार, भाद्र १० गते २०८३

मलाई हटाउन भारतीय दूतावास र मिडिया सक्रिय भयो— प्रधानमन्त्री ओली

मलाई हटाउन भारतीय दूतावास र मिडिया सक्रिय भयो— प्रधानमन्त्री ओली


मलाई हटाउन भारतीय दूतावास र मिडिया सक्रिय भयो— प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन दूतावास र भारतीय मिडिया तथा बुद्धिजीवीहरू सक्रिय भएको बताएका छन् ।

जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले (विदेशी दूतावास) र होटलहरूमा आफूलाई हटाउने चलखेल बढेको जिकिर गरेका हुन् ।​

प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटेर नक्सा छापेबापत आफूलाई हटाउने चलखेल शुरू भएको बताएका हुन् ।

अहिलेको अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन, पहिला चीनतिरको ट्रान्सपोर्ट ट्रान्जिट गरेर फर्केपछि सरकार ढलेको थियो । अहिले यस्तो अपराध गर्नेलाई चाहिँ... भनेर भनिएको छ । बाहिर नभन्ने, तर भित्र–भित्र यहाँका होटलहरूमा भइरहेका गतिविधि, एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ,’प्रधानमन्त्री ओलीले भने ।

ओलीले देशको पक्षमा बोल्दा आफूलाई हटाउने निर्णय गरे भोलि अर्को प्रधानमन्त्री पनि बोलेकै भोलिपल्ट बर्खास्त हुने अवस्था आउने समेत बताए ।


‘नेपालको यति राष्ट्रियता त्यति कमजोर छैन, नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्छ भने, त्यो नसोचे हुन्छ । कोशिश गर्न सक्छन् । कसैले हतार नगरे पनि हुन्छ । विभिन्न आग्रह नपाले पनि हुन्छ,’ ओलीले भने, ‘मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन, यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्दैन । बोले भोलिपल्टै बर्खास्त हुन्छ ।’

त्यस्तै उनले भूलचुकबाट नक्सा नआएको बताउँदै यसबाट आफू रिटर्न नहुने बताए ।

‘भूलचुकबाट छापिएको होइन, नक्सा छाप्ने र संविधान संशोधन गर्ने कुरा पोइन्ट अफ नो रिटर्न भयो भनेर भनेका छन्, हामीलाई हाम्रो भूमि चाहियो, नलिई छाडिँदैन । यो पोइन्ट अफ नो रिटर्न नै हो,’ ओलीले भने ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी