Logo

बुधवार, भाद्र १० गते २०८३

बुधबारको बैठकमा पनि प्रधानमन्त्रीको राजिनामा माग

बुधबारको बैठकमा पनि प्रधानमन्त्रीको राजिनामा माग


बुधबारको बैठकमा पनि प्रधानमन्त्रीको राजिनामा माग

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बुधवार बसेको बैठकमा पनि प्रधानमन्त्रीको राजिनामा मागिएको छ ।

बेैठकमा बुधबार बोल्ने ५ जना सदस्यमध्ये ४ जनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् ।

बुधवारको बैठकमा स्थायी कमिटी सदस्य लीलामणि पोखरेल र मातृका यादवले खुलेरै ओलीको राजीनामा मागेका थिए ।

नन्दकुमार प्रसाइँ र पेशल खतिवडाले भने सरकरको आलोचना गर्दै घुमाउरो पारामा राजीनामा मागेको बैठकमा सहभागी एकजना नेताले बताए ।

बुधवारको बैठकमा बोलेका पाँचौं स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्रीको राजीनामा मागेनन् ।

उता यादवले भने ओलीले पार्टीको छवी बिगारेको समेत आरोप लगाए ।

यसअघि मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायत १७ जनाले ओलीको राजीनामा माग गरेका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी