Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते


ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन्।

आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरीचौकी सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थानदारले बताए।

दुर्घटनामा परी घाइते भएका ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन्।

मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पुर्याउन जाँदा ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कन्दङ्वाले बताए ।

घाइतेको उपचार र शव परीक्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्रहरीले जनाएको छ।

कामना न्यूज

  • शनिवार, आषाढ २० २०७७१०:४४:४६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ