काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा आफूहरूको माग भएको बताएका छन्।
आज बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्तामा प्रचण्डलगातका नेताहरूले प्रधानमन्त्रीबाट ओलीको राजीनामा आफूहरूको बटमलाइन भएको बताएका हुन्।
स्रोतकाअनुसार नेताहरूले आफूहरूको बटमलाइन प्रधानमन्त्रीबाट ओलीले राजिनामा भएको बताएका थिए।
राष्ट्रपति भण्डारीले भने जनताको भावनाअनुसार मिलेर अगाडि बढ्न नेताहरूसँग आग्रह गरेकी थिइन्। संकटको बेला प्रधानमन्त्रीको राजिनामालाई जिद्दी नगर्नसमेत भण्डारीले नेताहरूलाई भनेको बताइएको छ।
ओलीले अध्यक्ष छाड्ने राष्ट्रपति भण्डारीको प्रस्तावमा नेताहरू सहमत नभएपछि नेकपाभित्रको विवाद तत्कालै हल हुने सम्भावना न्यून भएको छ।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी