Logo

मंगलवार, भाद्र ९ गते २०८३

काठमाडौँ उपत्यकामा फैलिँदै कोरोना, आज थप ३० जनामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा फैलिँदै कोरोना, आज थप ३० जनामा संक्रमण पुष्टि


काठमाडौँ उपत्यकामा फैलिँदै कोरोना, आज थप ३० जनामा संक्रमण पुष्टि

काठमाडौँ । देशको संघीय राजधानी सहर रहेको काठमाडौँ उपत्यकामा कोर‍ोना भाइरसको संक्रमण फैलिँदो क्रममा देखिएको छ ।

ढलमा समेत कोरोना भेटिएको काठमाडौँमा आज थप ३० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ३० जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा २७ जना, भक्तपुरमा १ तथा ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरि २ सय ९३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरिका विभिन्न क्वारेन्टाइनमा ३१ हजार ५ सय ७३ र आइसोलेसनमा १ हजार २ सय ३ जना रहेका छन् । त्यस्तै आज थप १ सय ३२ जना निको भएर डिस्चार्ज भएका छन् भो हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक