Logo

मंगलवार, भाद्र ९ गते २०८३

बैंकिङ कसुरमा फरार दुई जना पक्राउ

बैंकिङ कसुरमा फरार दुई जना पक्राउ


बैंकिङ कसुरमा फरार दुई जना पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिका १५ का ४१ वर्षीय विश्वमर्दन बस्नेत रहेका छन् । सुनारलाई काठमाडौं तारकेश्वर र बस्नेतलाई काठमाडौं धर्मस्थलीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुनारलाई उच्च अदालत पाटनको २०७६ फागुन २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १४ लाख ६९ हजार ६ सय ४० रुपैयाँ धरौटी र ५ दिन कैद तथा बस्नेतलाई उच्च अदालत पाटनको २०७६ फागुन १८ गतेको फैसलाले १३ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो ।

उनीहरुले आफ्नो खातामा रकम मौज्दात नभएको थाहा हुँदा पनि झुक्याएर रकम भुक्तानको लागि विभिन्न व्यक्तिलाई चेक काटेर दिएका थिए । उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

कामना न्यूज

  • मंगलवार, आषाढ २३ २०७७०७:४७:१०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक