काठमाडौँ । सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारीमाथि बलात्कारको आरोप लागेको हो ।
सशस्त्र मुख्यालय स्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेका थिए । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप लागेको छ ।
ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । यस सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरी घटनास्थल पुगेपछि एसएसपी अधिकारी फरार रहेका छन् । उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक