काठमाडौँ । अमेरिकन एयरलाइन्सले अग्रपंक्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारी कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ ।
निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारी अमेरिकी रहेको पनि कम्पनीका अधिकारीले जानकारी दिएका छन् । पदमुक्त हुन लागेका कर्मचारीलाई दुई बर्षभन्दा बढीको बिदा लिन वा अग्रिम अवकास लिन आग्रह गरिएको छ ।
“कोरोना भाइरसबाट संक्रमितको संख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिदैन,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने ।
कम्पनीले जुन महिनासम्ममा ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । एजेन्सी
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण