Logo

मंगलवार, भाद्र ९ गते २०८३

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ


कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

धनुषा । कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार रहेका प्रतिवादी पर्सा वीरगञ्ज महानगरपालिका १९ गहवा टोल बस्ने भारत वेतिया पश्चिम चम्पारण घर भएका ४६ वर्षीय धर्मेन्द्र प्रसाद कलवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विसं २०७१ वैशाख ९ गते बारा तत्कालीन विश्रामपुर गाविस ९ स्थित गहुँ खेतमा भारत रक्सौल घर भई पर्सा वीरगञ्ज महानगरपालिका १९ गहवा टोल बस्ने प्रमोद साहलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका थिए । फरार रहेका कलवारलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरधामबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १९ गहवा टोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक