दार्चुला । आइतबारदेखिको अविरल वर्षाका कारण नौगाडमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका ६ परिगाउँका हजिर्त सिंह ठगुन्नाकी ४२ वर्षीय श्रीमती मानमति ठगुन्नाको रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका मानसिंह ठगुन्नाको घर बगाउँदा उनकी ६ वर्षीय छोरी आरती ठगुन्ना बेपत्ता भएकी छन् । पहिरोले परिगाउँका तीन घर तथा समैजी आधारभुत विद्यालय परीगाउँको भवन बगाएको छ ।
घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको प्रहरी टोली गइरहेको जनाइएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक