Logo

बुधवार, भाद्र १० गते २०८३

रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन दिने तयारी

रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन दिने तयारी


रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन दिने तयारी

काठमाडाैँ । श्रीमती हत्या गरेको अभियोगमा सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाइदिएको सर्वोच्च अदालतको फैसलाविरूद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकन दिने तयारी गरेको छ ।

महान्यायाधीवक्ता कार्यालयले कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै पुनरावलोकन दिन लागेको हो । प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘कोइरालाको मुद्दामा हामी पुनरावलोकन गर्न जाने भन्ने छ । निर्णय भैसकेको त छैन तर तयारी गरिरहेका छौं । पुराना नजीर खोज्ने र ड्राफ्टिङको काम भइरहेको छ ।’

सर्वोच्च अदालतले जेल सजाय घटाएपछि कोइराला आजै कैदमुक्त भएका छन् ।

कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्न जाने भन्दै असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाइदिएको थियो।

कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण