Logo

बुधवार, भाद्र १० गते २०८३

युवतीलाई एसिड हान्ने युवाहरु पक्राउ, अर्को युवालाई मन पराएको भन्दै एसिड प्रहार

युवतीलाई एसिड हान्ने युवाहरु पक्राउ, अर्को युवालाई मन पराएको भन्दै एसिड प्रहार


युवतीलाई एसिड हान्ने युवाहरु पक्राउ, अर्को युवालाई मन पराएको भन्दै एसिड प्रहार

काठमाडौँ । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड हान्ने युवा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लु बस्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।

उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको बताएका छन् । बिहीबार साँझ दही किन्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिलाई नचिनेको बताए पनि सिसिटिभी फुटेजबाट हुलिया पत्ता लगाएर दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कामना न्यूज

  • शुक्रवार, श्रावण ९ २०७७०७:१९:२४
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण