Logo

बुधवार, भाद्र १० गते २०८३

१५ हजार कर्मचारी कटौती गर्ने एअर बसको निर्णयप्रति विरोध

१५ हजार कर्मचारी कटौती गर्ने एअर बसको निर्णयप्रति विरोध


१५ हजार कर्मचारी कटौती गर्ने एअर बसको निर्णयप्रति विरोध

काठमाडौँ । युरोपियन विमान कम्पनी एअर बसमा एक हजार ६ सय रोजगारीका अवसर कटौतीको विषयलाई लिएर बिहीबार स्पेनमा कर्मचारीहरूले प्रदर्शन गरेका छन् । यद्यपि सयौं रोजगारी कटौती गर्ने घोषणा महामारी सुरू भएपछि फेब्रुअरीमा पहिलो पटक गरिएको थियो ।

कोरोना भाइरस महामारीले कम्पनी निकै प्रभावित बनेपछि जुनको अन्त्यमा घटाउने पदहरूको सङ्ख्या दोब्बर हुने घोषणा गरिएको छ । स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा रहेको गेटाफेमा मास्क लगाएका सयौँ प्रदर्शनकारीहरूले विमानको कार्यालय र स्थानीय शहरको हलको मध्य क्षेत्रमा प्रदर्शन गरेका थिए ।

उनीहरूले कसैले जागिर नछोड्ने पद खारेज गर्न नपाइने भावका नारा लेखिएका ब्यानरसहित जुलुसमा सहभागी बनेका थिए । जुनको अन्त्यमा एअर बसले विश्वभर आफ्ना १५ हजार कर्मचारीलाई कटौती गर्ने योजना बनाइरहेको बताएको थियो । जसमा स्पेनमा ८ सय ८९ कर्मचारी हटाउने एअर बसले जनाएको छ ।

“मलाई थाहा छ यो गाह्रो अवस्था हो तर एअर बस जस्ता प्रसिद्ध कम्पनीबाट कर्मचारीमाथि यस किसिमको निर्मम निर्णय आउँछ भन्ने मलाई लागेको थिएन,” एक एअरबसका ३६ वर्षीय इञ्जिनियर जेभियर पयाले भने ।

एअर बसले स्पेनभरि करिब १२ हजार ३ सय जनालाई रोजगार प्रदान गरेको छ । तर युनियनका प्रतिनिधिहरूले प्रत्यक्ष तथ अप्रत्यक्ष रूपमा एक लाख व्यक्तिलाई रोजगारी दिएको दाबी गरेका छन् ।

एअर बसका प्रवक्ताले २ जुलाईदेखि युनियनसँग वार्ता सुरु भएको र समाधानहरू खोज्ने पहल भइरहेको तथा महामारीबाट थला परेको उद्योगलाई जोगाउँदै न्यूनतम रोजगारी कटौतीका लागि सहमति निकाल्ने बताए । एजेन्सी

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण