काठमाडौँ । सरकारी छाप दस्तखत कीर्ते (दुरुपयाेग) र ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका २ बस्ने ४३ वर्षीय हरिशरण महतलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहेका महतलाई ललितपुर सातदोबाटोबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हाे ।
उनले लोप्साङ् लामा र उनकी श्रीमती च्यूङ्ताङ् लामाको नाममा रहेको काठमाडौं नागार्जुन नगरपालिका ५ स्थित कित्ता नम्बर ८१८ को २-०-२-० क्षेत्रफल जग्गा मालपोत कार्यालय कलंकीका तत्कालीन खरिदार भिम बहादुर राईसँगकाे मिलोमतोमा काठमाडौं जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामा लगायत अन्य कागजातहरु नक्कली बनाई किर्ते गरेका थिए । उनले सिन्धुपाल्चोक साबिक फुल्पिङ्कट्टी गाबिस १ बस्ने कमल कुमार श्रेष्ठको नाममा नामसारी गराई कास्की साविक पोखरा उपमहानगरपालिका ३ बस्ने प्रवीणमान श्रेष्ठलाई २०६४ चैत २४ गते ७५ लाख रुपैयाँ मूल्यमा बिक्री गरी सरकारी छाप दस्तखत कीर्ते र ठगी गरेको ठहर भएको हो ।
कसूरमा संलग्न खरिदार भिम बहादुर राईलाई सोही ब्यूरोको प्रहरीले २०७४ जेठ २२ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । महतलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक