Logo

बुधवार, भाद्र १० गते २०८३

प्रधानन्याधीशलाई महाअभियोग लगाऔँ, प्रधानमन्त्रीलाई विदा गरौँः बाबुराम भट्टराई

प्रधानन्याधीशलाई महाअभियोग लगाऔँ, प्रधानमन्त्रीलाई विदा गरौँः बाबुराम भट्टराई


प्रधानन्याधीशलाई महाअभियोग लगाऔँ, प्रधानमन्त्रीलाई विदा गरौँः बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नवगठित डा. बाबुराम भट्टराईले अपराधीलाई संरक्षण गर्ने प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न सुझाएका छन् ।

सर्वोच्च अदालतले जेल सजाय कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् ।

‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।

साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान पनि प्रस्ताव गरेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण