स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका १० मा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ। नगरपालिकाकाे किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए।
डिभिजन वन कार्यालय स्याङ्जाका अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताए।
अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको छ। “कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ”, काफ्लेले भने “यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई सुरक्षित गर्नेतर्फ लागेका छाैँ।”
अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा नं १० का वडाध्यक्ष रामु कोइरालाले बताए।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ