Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रहरीमा जागिर लगाइदिने भन्दै साढे ३ लाख ठग्ने पक्राउ

प्रहरीमा जागिर लगाइदिने भन्दै साढे ३ लाख ठग्ने पक्राउ


प्रहरीमा जागिर लगाइदिने भन्दै साढे ३ लाख ठग्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग तीन लाख ५० हजार लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, किर्तिपुर नगरपालिकाको नक्कली राजश्व सङ्कलन गरेको कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’ समूहको आर्थिक सहयोग गर्ने कागजात बरामद गरेको छ ।

कामना न्यूज

  • शुक्रवार, श्रावण ९ २०७७०६:०५:५०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक