Logo

मंगलवार, भाद्र ९ गते २०८३

रञ्जन कोइरालालाई छुट दिने फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय

रञ्जन कोइरालालाई छुट दिने फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय


रञ्जन कोइरालालाई छुट दिने फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय

काठमाडौँ । सर्वश्वसहित जन्मकैदको फैसला घटाएर साढे ८ वर्ष मात्र कैद सजाय गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन हुने भएको छ ।

सर्वोच्च अदालतका तीनजना न्यायाधीशको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएका हुन् । न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सजाय कम गर्ने फैसला गरेको थियो । सोही फैसलाविरुद्ध शुक्रवार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता भएको हो । न्याय प्रशासन ऐनको दफा ११ (२) अनुसार पुनरावलोकनको निवेदन दर्ता भएको हो ।


जिल्ला अदालतले पत्नी हत्याको मुद्दामा कोइरालालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध कोइराला पुनरावेदन अदालत गएपनि जिल्ला अदालतकै फैसला सदर भएको थियो । त्यसपछि कोइराला सर्वोच्च अदालत पुगेका थिए । असार १५ गते सोही मुद्दामा फैसला गर्दै सर्वश्व र जन्मकैदबाट घटाएर साढे ८ वर्ष कैद गर्दा सजायको मक्सद पूरा हुने फैसला सुनाइएको थियो ।

पुनरावलोकनको निवेदन सुनुवाइको प्रक्रियामा अघि बढेमा अहिले भएको फैसला उल्टन पनि सक्छ । त्यस्तो अवस्थामा कोइराला पुनः जेल जानसक्ने कानुनका जानकारहरु बताउँछन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक