Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिका लैजाने प्रलोभनमा ठगी गर्ने व्यक्ति पक्राउ

अमेरिका लैजाने प्रलोभनमा ठगी गर्ने व्यक्ति पक्राउ


अमेरिका लैजाने प्रलोभनमा ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका २ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।

घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरेर लैजाने प्रलोभन देखाएका थिए । उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेर बुटवलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न बहानामा पटकरपटक ५ लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्ने विश्वास दिलाई १ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । उनीहरुले निक्की पौडेलको नाममा फेक आइडीबाट फिल्म क्षेत्रका व्यक्तिलाई समेत आफूसँग बिहे गरेमा अमेरिका लैजाने भन्दै ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

कामना न्यूज

  • आइतवार, श्रावण ११ २०७७०६:२१:१४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक