काठमाडौँ । रुकुमपूर्व जिल्लामा लागु औषध अफिमसहित तीन जना पक्राउ परेका छन् । नौ किलो एक सय ग्राम अफिमसहित पुथाउत्तरगंगा गाउँपालिकाका एक पुरुष र दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका ४० वर्षीय अमरजित पुन, सोही ठाउँकी ३४ वर्षीया प्रतिभा पुन र वडा नं ५ हुकामकी ३५ वर्षीया गाइने कामी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताए ।
अफिम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ ओखमा भल्का नयाँ बजारदेखि जामाबगर जाने कच्ची सडकबाट ९ गते साँझ उनीहरुलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको हो ।
यस्तै उनीहरुको साथबाट अवैध लागु औषध नापतौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजुसमेत बरामद गरिएको प्रनाउ बज्राचार्यले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो चरणमा सरकारी सवारी साधनमासमेत लागु औषध ओसारपसार भइरहेको जानकारी प्रहरीमा आएको भन्दै त्यसमाथि पनि शुक्ष्म निगरानी राखिरहेको उनकोको भनाइ छ । लागु औषधको ओसारपसारमा संलग्न हुने जुनसुकैलाई पनि प्रहरीले कारवाही गर्ने भन्दै त्यस्ता क्रियाकलापमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक