काठमाडौँ । वन मुद्दाका दुई फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–६ ढुङ्गागाडे बस्ने ६७ वर्षीय भीमबहादुर अधिकारी र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ४५ वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई आइतबार घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षत्रीले जानकारी दिए । भीमबहादुरलाई जिल्ला अदालत तनहुँको विसं २०७० चैत १२ गतेको फैसलाले तीन महिना कैद र १९ हजार ७१३ जरिवाना तथा अशोकलाई विसं २०७२ भदौ २३ गतेको फैसलाले दुई महिना आठ दिन कैद र १५ हजार जरिवानाको फैसला भएको थियो ।
पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजी कार्यलाई तीव्र पारेको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण