काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने स्थायी कमिटी बैठकको रणनीति बनाउन प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ ।
भेलामा नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत सहभागी रहेको जनाइएको छ । मंगलबारको स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने तयारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूको छ ।
यसअघि असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डामा अध्यक्ष केपी ओली र प्रचण्ड सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन ।
यसअघि स्थायी कमिटी बैठकमा प्रतिवेदन आउन नसकेपछि हलमै बसेर नेताहरुले सात एजेण्डा तय गरेका थिए। जसमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकमा दुई अध्यक्षको सम्बोधन, कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाँकी काम,एमसिसी र विविध थिए।
प्रतिवेदनमा नयाँ एजेण्डासमेत समेटेर स्थायी कमिटी बैठकबाट पारित गराउने उनीहको रणनीति छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक