काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेका छन्। वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उहाँहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६३औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ।
सो अवसरमा उहाँहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक