काठमाडौँ । सरकारले विद्यार्थीहरूको जीवनमाथि खेलबाड गरेको भन्दै धनगढीमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
मंगलबार धनगढीका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीले चौराहामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
‘गुणस्तरीय शिक्षा राज्यको दायित्व कायम गर, विद्यार्थीको जीवनमा खेलबाड बन्द गर‘ लगायतका पम्प्लेट बोकेर विद्यार्थीहरूले प्रदर्शन गरेको युवा अभियान्ता तथा विद्यार्थी गोपाल जोशीले बताए।
परीक्षाबारे अन्यौलता हटाउनुपर्ने, हतारमा परीक्षा गरेर अन्याय नगर्न तथा परीक्षाको बहानामा विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड नगर्न भन्दै आन्दोलन गरेको प्रदर्शनको संयोजन गरिरहेका योगेन्द्र चन्द बताए।
सरकारले पछिल्लो समय कक्षा ११ को परीक्षा पनि स्थगित गर्दै आन्तरिक रूपमा मूल्यांकन गरिने बताएको भए पनि लकडाउन खोलिएसँगै पुनः परीक्षा गरिने संकेत दिएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक